ललितपुरमा मिनी ट्रक दु'र्घटना हुँदा ४ जनाको मृ'त्यु
मेयरसाप डेस्क
|
२०८२ फागुन १ गते ०९:०१
काठमाडौं । ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा बालुवा बोकेको मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । गए राति प्रदेश–०१–००४क ६२२८ नम्बरको ट्रक दुर्घटना हुँदा चालक ललितपुर, गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकमा सवार ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन ।
Facebook Comments