Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चुनाव प्रचारमा उम्मेदवारले छत खोलेर हिंड्न नपाउने

User Image मेयरसाप डेस्क | २०८२ फागुन ६ गते २०:२४
Image of https://mayorsap.com/storage/photos/shares/balen-sah.jpg

काठमाडौं । सरकारले निर्वाचन प्रचार प्रचारमा जाँदा उम्मेदवारहरूले छत खोलेर हिंड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।

उम्मेदवारहरूको सुरक्षालाई ध्यान दिएर त्यस्तो निर्णय गरिएको उनले बताइन्  ।

बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सेनाका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, बैठकमा निर्वाचनका गतिविधि र तयारीबारे पनि थप छलफल भएको छ ।


Facebook Comments