रास्वपाले पार्टीको झन्डा जलाएकोमा एमालेको ध्यानाकर्षण, कानुनी कारबाही गर्न माग
मेयरसाप डेस्क
|
२०८२ फागुन ७ गते १४:३५
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको तुल्सीपुरमा आफ्नो चुनाव चिह्न ‘सूर्य’ अङ्कित झन्डा जलाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले आज विज्ञप्ति जारी गरी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शङ्कर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो शैली राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्य भएको उल्लेख गरेका छन् । उक्त घटनामा संलग्नलाई कानुनी कारबाही गर्न एमालेले माग गरेको छ ।
Facebook Comments