Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सिरहा ३ मा रास्वपाको लहरः गोलबजारका सयभन्दा बढी युवा–व्यवसायी एकैसाथ प्रवेश

User Image मुकेशकुमार यादव | २०८२ फागुन ७ गते १७:१५
Image of https://mayorsap.com/storage/photos/shares/58598a87-24ba-4f12-8257-6c1e25ba15af.jfif

सिरहा । सिरहा क्षेत्र नम्बर ३ को चुनावी माहोल थप तातेको छ। गोलबजार नगरपालिकाका करिब एक सयभन्दा बढी युवा तथा व्यवसायीले विभिन्न दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । गोलबजार ४ र ८ का स्थानीय युवाहरुको उल्लेख्य सहभागितासहित आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो।

पार्टी प्रवेश गर्नेहरुमा नेपाली कम्युनिस्ट पार्टी निकट मानिएका गोलबजार उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राकेश कुमार गुप्ता, वाणिज्य संघका सचिव विरेन्द्र सिंह, पुस्तक व्यवसायी संघका जिल्ला अध्यक्ष धर्मलाल महतोसहित करिब सय जना नेता तथा कार्यकर्ता रहेका छन्।

यसैगरी जिल्ला उद्योग वाणिज्य संघका सदस्य दीपक नायक, बजाज सोरुमका सञ्चालक राजु गुप्ता, फर्निचर व्यवसायी प्रमेश्वर साह (पिके) व्यवसायी शंकर बिहारी साह र पवन गुप्तालगायतले रास्वपामा प्रवेश भएका छन्।

उनीहरुलाई सिरहा क्षेत्र नम्बर ४ का उम्मेदवार तथा रास्वपाका मधेश प्रदेश सभापति तपेश्वर यादव र सिरहा क्षेत्र नम्बर ३ का उम्मेदवार शम्भु यादवले पार्टीमा स्वागत गरेका थिए। 

कार्यक्रममा बोल्दै उनीहरुले युवा र व्यवसायीहरु परिवर्तनको पक्षमा दृढतापूर्वक उभिएको बताएका छन्। उनीहरुले, ‘यो प्रवेश केवल संख्या होइन, परिवर्तनको संकेत हो।’

पार्टी प्रवेश गरेका अधिकांश व्यक्ति नेकपाका उम्मेदवार विश्वनाथ साहका निकट मानिनेहरू रहेको चर्चा चछ। यसले सिरहा ३ को चुनावी समीकरणमा प्रत्यक्ष प्रभाव पार्न सक्ने आकलन गरिएको छ।

गोलबजारमा भएको सामूहिक पार्टी प्रवेशलाई रास्वपाले आफ्नो संगठन विस्तार र जनआधार सुदृढीकरणको महत्वपूर्ण कदमका रूपमा लिएको छ। चुनाव नजिकिँदै जाँदा यस्ता गतिविधिले प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।


Facebook Comments