Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

एमालेको झण्डा जलाएकाे आराेपमा रास्वपाका कार्यकर्ता पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन ७ गते १८:५३
Image of https://mayorsap.com/storage/photos/shares/arrest-pakrau-1.jpg

काठमाडौँ । नेकपा एमालेको झण्डा जलाउने राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का कार्यकर्तालाई प्रहरीले पक्राउ परेकाे छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएकाे टाेलीले शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई पक्राउ गरेकाे हाे ।

बिहीबार दाङको तुलसीपुर उपमहानगरपालिका–५ वीरेन्द्र चोकमा रास्वपाका सभापति रवि लामिछानेलाई स्वागत गर्न उपस्थित भिडमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा उनी पक्राउ परेका हुन् । 

घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको छ संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ ।
निर्वाचनको समयमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न साथै संयमित एवं जिम्मेवार व्यवहार प्रदर्शन गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई प्रहरीले अनुरोध समेत गरेको छ। 


Facebook Comments