Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते ०७:५५
Image of https://mayorsap.com/storage/photos/shares/mausam-2.jpg

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल कोशी र बागमती प्रदेशको तराईका साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बादल लागेको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु र कुहिरो रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राती भने तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।


Facebook Comments