Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा एक जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १९:२९
Image of https://mayorsap.com/storage/photos/shares/vavatha-ratahata.jpg

रौतहट। रौतहटको गौरमा भड्किएको हिंसामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । 

गौर नगरपालिका वडा नं.६ सवगढाबाट शुरु भएको दुई समुदायबीचको विवादमा संलग्न रहेको आरोपमा प्रहरीले शेख जमशेदलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनी जनमत पार्टीका जिल्ला संयोजक हुन् भने सोही वडाका पूर्व अध्यक्ष पनि हुन् ।

बिहीबार साँझ मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएपछि भएको विवादले हिंसात्मक रुप लिएको थियो । हिजो शुक्रबार दिनभरको झडपपछि प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति समेत गराएको थियो ।

तर आज बिहानबाटै पुनः सवगढामै दुई पक्षबीच झडप भएको छ । अहिले रौतहटका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यू समेत लगाएको छ ।


Facebook Comments