Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

निर्वाचन बहिष्कारका नाममा हुने धन्दामा कडाइ गर्न प्रधानमन्त्रीको निर्देशन

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते २१:१४
Image of https://mayorsap.com/storage/photos/shares/susila-karki.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन बहिष्कारका नाममा बिथोल्ने प्रयास हुनसक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिएकी छन् । शनिबार बुटवलमा प्रदेशका उच्च अधिकारीहरूसँगको बैठकमा प्रधानमन्त्री कार्कीले बहिष्कारका नाममा जनतालाई आतंकित पार्ने र अवैध रकम असुली गर्ने काम हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले बहिष्कार पनि एक प्रकारको सजिलो व्यवसायजस्तो भएको छ । जनतामा जानु नपर्ने, संगठन बनाउनु नपर्ने, तर दुई चार जना मिलेर बहिष्कारको हल्ला फिँजाउने र चन्दाका नाममा असुली गर्ने प्रवृत्ति देखिएको छ । राजनीति गर्ने हो भने जनतामा मत माग्न जानुपर्छ । यस्ता अवाञ्छित गतिविधिलाई कडाइका साथ नियन्त्रण गरिनुपर्छ ।’


देशको राजनीतिक निकासका लागि निर्वाचन सफल बनाउनुको विकल्प नरहेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । 

 


Facebook Comments