Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

थाइल्यान्डको पार्कमा भाइरसका कारण दर्जनौँ बाघको मृत्यु

User Image मेयरसाप डेस्क | २०८२ फागुन ८ गते १९:५९
Image of https://mayorsap.com/storage/photos/shares/tiger-death-20240520093340.jpg

एजेन्सी । पछिल्लो हप्तामा उत्तरी थाइल्यान्डमा रहेको एक निजी पशु पार्कमा घातक भाइरस र ब्याक्टेरिया सङ्क्रमण को कारण कम्तिमा ७२ वटा बाघको ज्यान गएको अधिकारीहरूले बताएका छन् ।

चियाङ माईको प्रान्तीय पशुधन कार्यालयले विज्ञप्ति मार्फत मृत बाघमा परीक्षणबाट अत्यधिक सङ्क्रामक क्यानाइन डिस्टेम्पर भाइरसका साथै श्वास–प्रश्वास प्रणालीलाई असर गर्ने ब्याक्टेरियाहरू पत्ता लगाएको बताएको छ ।

बिरामी बाघमा भएको स्वास्थ्य समस्या अन्य जनावरहरूमा भन्दा पत्ता लगाउन गाह्रो हुने जनाउदै परीक्षण गर्दा सम्म धेरै ढिलो भइसकेकाले उनीहरुको ज्यान बचाउन नसकिएको राष्ट्रिय पशुधन विभागका निर्देशक सोमचुआन रतनमुङक्लानोनले स्थानीय मिडियालाई बताएका छन् ।

टाइगर किङडम, पार्कको वेबसाइटमा  उल्लेख  भएका सुचनाका आधारमा बाघहरू समयमै  परीक्षण र उचित  औषधोपचारको अभावमा  दुःख, र डरको बिचमा  मत्यु वरण गरेको पशु अधिकार सङ्गठन पेटा एसियालाई उदृत गर्दै एएफपीले जनाएको छ ।


Facebook Comments