Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

आचारसंहिता उल्लंघन गर्ने ८ जनालाई आयोगले गर्‍यो कारबाही

९४ जनासँग स्पष्टीकरण माग

User Image मेयरसाप डेस्क | २०८२ फागुन १६ गते १७:३३
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog-2.jpg

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता पालनामा कडाइ गर्दै उल्लंघन गर्नेहरूमाथि कारबाही प्रक्रियालाई तीव्र बनाएको छ । आयोगले हालसम्म निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ८ जनालाई कारबाही गरेको छ, भने ९४ जनासँग लिखित स्पष्टीकरण माग गरेको छ ।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार, स्पष्टीकरण सोधिएकामध्ये ५७ जनाले जवाफ पठाइसकेका छन् । चित्तबुझ्दो जवाफ नदिने ६ जनालाई भने पुनः स्पष्टीकरण सोधिएको छ । 

स्पष्टीकरणको घेरामा राजनीतिक दल र उम्मेदवार मात्र नभई सरकारी तथा गैरसरकारी संस्था, सञ्चारमाध्यम र पत्रकारसमेत परेका छन् । सञ्चारमाध्यम र पत्रकारको हकमा भने प्रेस काउन्सिल नेपालमार्फत प्रक्रिया अघि बढाइएको छ ।

देशभरबाट हालसम्म प्राप्त भएका १ हजार ७६ वटा उजुरीमध्ये १ हजार ६१ वटा उजुरीलाई आयोगले किनारा लगाइसकेको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशबाट परेका छन् । 


Facebook Comments