Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

सर्लाहीमा दम्पती मृत भेटिए, घटना शंकास्पद

User Image मेयरसाप डेस्क | २०८२ फागुन १६ गते १८:०३
Image of https://mayorsap.com/storage/photos/shares/death-body-900px_2.jpg

सर्लाही । बलरा नगरपालिका– १० सुदामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय भनु महतो र उनकी ५६ वर्षीया श्रीमती निर्मलादेवी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

प्रहरीका अनुसार दम्पतीको शव घरबाट करिब पाँच सय मिटर उत्तर–पश्चिम दिशामा रहेको गोठघरभित्र बाँसको बलोमा प्लास्टिकको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा भेटिएको हो ।

शनिबार बिहान करिब ८ बजे स्थानीयले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय गडहियामा खबर गरेका थिए ।

सूचना पाउना साथ प्रहरीको टोली घटनास्थल पुगेको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट फरेन्सिक टोलीसमेत परिचालन गरी अनुसन्धान अघि बढाइएको छ। स्थानीयका अनुसार घटना शंकास्पद रहेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डीएसपी सरोज राईका अनुसार घटनाको कारणबारे यकिन भइसकेको छैन ।

दम्पतीले आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Facebook Comments