Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

रामेछाप दुर्घटना: मतदान अधिकृतसहित २ जनाको मृत्यु, ७ जना हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

User Image मेयरसाप डेस्क | २०८२ फागुन १८ गते २०:३५
Image of https://mayorsap.com/storage/photos/shares/helicopter.jpg

काठमाडौं । रामेछाप नगरपालिका–२ को सिरुबारीमा सोमबार भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ। मतदान सामग्री र निर्वाचन कर्मचारी बोकेको ना ७ ख ६७६८ नम्बरको गाडी देउरालीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो।

दुर्घटनामा प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार घाइते मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

घिमिरेलाई रामेछाप–२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मेवारी दिइएको थियो। उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटारको रुद्राक्षश्वर माध्यमिक विद्यालयका शिक्षक थिए।

दुर्घटनामा घाइते सात जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिएका छन्। घाइतेहरूमा भीमबहादुर मानन्धर (शिक्षक), सम्बरबहादुर मानन्धर (चालक), कृष्णप्रसाद घिमिरे (शिक्षक), दुर्गा कार्की, सविना खड्का, केदारकुमार रोका र पूजादेवी सुनुवार रहेका छन्।

गाडीमा निर्वाचन कर्मचारी र मतदान सामग्री रहेको प्रहरीले जनाएको छ।


Facebook Comments