Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

मतदानकाे दिन बालेन, गगन र प्रचण्डलाई दिइएकाे छ 'हेलिकप्टर चढ्ने अनुमति'

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १२:५०
Image of https://mayorsap.com/storage/photos/shares/mockup-editing-photo-facebook-post-2.png

काठमाण्डौ । निर्वाचन आयोगले मतदानको दिन तीन नेतालाई हेलिकप्टर चढ्ने अनुमति दिएको जनाएकाे छ।

आयोगका अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकप्टर प्रयोग गर्न बुधवार अनुमति दिइएकाे हाे।

गाडी प्रयोगको हकमा जिल्लाबाट नेताहरूले अनुमति लिनुपर्छ भने हेलिकप्टर प्रयोग गर्न निर्वाचन आायोगबाट अनुमति लिनुपर्छ ।

प्रचण्ड चितवनका मतदाता हुन् भने बालेन र गगन थापा काठमाण्डूका मतदाता हुन्। तीनै जनाले आफ्नो जिल्लाबाहिर प्रतिस्पर्धामा छन्।


Facebook Comments