Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

चितवनमा निर्वाचन विरोधी पर्चा बाँड्ने दुई जना प्रहरी नियन्त्रणमा

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १३:००
Image of https://mayorsap.com/storage/photos/shares/election_3.jpg

चितवन । मतदान भइरहेका बेला निर्वाचन विरोधी पर्चा वितरण गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बहुमत समूहका दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीका अनुसार भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमुना माध्यमिक विद्यालय अगाडि निर्वाचन विरोधी पर्चा–पम्फलेट देखाउँदै वितरण गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरी नियन्त्रणमा पर्नेहरूमा नेकपा बहुमतका जिल्ला सेक्रेटरी सुमन श्रेष्ठ र सोही समूह निकट विद्यार्थी संगठनका चितवन संयोजक किरण गौतम रहेका छन्। धादिङको गल्छी गाउँपालिका–१ स्थायी घर भएका २९ वर्षीय श्रेष्ठ हाल भरतपुर महानगरपालिका–७ मा बस्दै आएका छन्। त्यसैगरी कालिका नगरपालिका–४ पदमपुर घर भएका २१ वर्षीय गौतम हाल भरतपुर महानगरपालिका–१० मा बसोबास गर्दै आएका छन्।

प्रहरीले उनीहरूको साथबाट एक थान मोबाइल फोन तथा निर्वाचन विरोधी पर्चा–पम्फलेट समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Facebook Comments