Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

बाजुरामा शान्तिपूर्ण वातावरणमा मतदान हुँदै

User Image गोविन्द तिमिल्सेना | २०८२ फागुन २१ गते १३:१४
Image of https://mayorsap.com/storage/photos/shares/bajura-election.jpg

बाजुरा । बाजुरामा यतिखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेकाे छ। यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्रहरुमा  अहिलेसम्म स्वच्छ,निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन भईरहेकाे छ। 

विहान ७ बजेदेेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकाेे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। विगतमा जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्था समेत मजबुत पारिएको छ। 

मतदाताहरुले निर्धक्क तरिकाले आफ्नाे मताधिकार प्रयाेग गरिरहेका छन्। बाजुरामा २०७९ सालकाे प्रतिनिधि सभा सदस्य निर्वाचनमा दुई युवाकाे मृत्यु समेत भएको थियाे। याे पटककाे निर्वाचनमा अहिलेसम्मकाे वातावरण सामान्य स्थितिमा रहेकाे छ।

बाजुरामा अहिलेसम्म करिब २५ हजार ले मतदान गरिसकेका छन्। सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ । बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन्।


Facebook Comments