Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

दिउँसो २ बजेसम्म देशभर ३३ प्रतिशत मतदान, कुन प्रदेशमा कति?

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १५:००
Image of https://mayorsap.com/storage/photos/shares/election-logo-2082.jpg

काठमाडौं । जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब ३३ प्रतिशत मतदान भएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर ६२ लाख २० हजार ४४२ मत खसेको छ।

प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै मतदान उपत्यकामा भएको देखिएको छ भने मधेश प्रदेशमा सबैभन्दा कम मतदान भएको छ।

प्रदेशअनुसार मतदान प्रतिशत:

उपत्यका – ४७ प्रतिशत

कोशी प्रदेश – ३२ प्रतिशत

मधेश प्रदेश – २८ प्रतिशत

बागमती प्रदेश – ३४ प्रतिशत

गण्डकी प्रदेश – ३९ प्रतिशत

लुम्बिनी प्रदेश – २९ प्रतिशत

कर्णाली प्रदेश – ३६ प्रतिशत

सुदूरपश्चिम प्रदेश – ३३ प्रतिशत

निर्वाचन आयोगका अनुसार देशभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी रहेको छ। अधिकांश मतदान केन्द्रमा मतदाताको उल्लेख्य सहभागिता देखिएको छ।


Facebook Comments