दाङका दुई मतदान केन्द्रमा स्थानीयद्वारा मतदान बहिष्कार

User Image मेयरसाप डेस्क | २०८२ फागुन २१ गते १७:०२
Image of https://mayorsap.com/storage/photos/shares/election-logo-2082.jpg

दाङ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गतका दुई मतदान केन्द्रमा स्थानीय बासिन्दाले मतदान बहिष्कार गरेका छन्।

जिल्लामा तीन वटा निर्वाचन क्षेत्रका अधिकांश मतदान केन्द्रमा उत्साहपूर्वक मतदान भइरहेका बेला बबई गाउँपालिका–७ मलईस्थित देउती माध्यमिक विद्यालय (तल्लो मलई) मतदान केन्द्रमा हालसम्म एक मत पनि खसेको छैन। त्यस्तै बबई गाउँपालिका–१ स्थित जनता माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा भने जम्मा १० मत मात्र खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बबई गाउँपालिका–१ र ७ का स्थानीयले आफ्ना समस्याको समाधान नभएसम्म मतदान नगर्ने अडान लिएपछि ती केन्द्रमा मतदान प्रक्रिया प्रभावित भएको बताइएको छ।

उक्त क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले स्थानीय बासिन्दाले लामो समयदेखि बस्ती स्थानान्तरणको माग गर्दै आएका छन्। बस्ती स्थानान्तरणको विषय समाधान नभएसम्म मतदानमा सहभागी नहुने उनीहरूको अडान रहेको स्थानीयले बताएका छन्।


Facebook Comments