Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

कर्णालीका हिमाली जिल्लाबाट मतपेटिका भोलिसम्म सदरमुकाम ल्याइने

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०७:०२
Image of https://mayorsap.com/storage/photos/shares/matpetika-qwygcifh3j.png

कर्णाली । कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका भोलि सम्म सदरमुकाममा ल्याइने भएको छ ।

डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका ६४ मतदान केन्द्रमा चार र मुगुका ६९ मतदान केन्द्रमध्ये तीन मतदान केन्द्रका मतपेटिका भोलिसम्ममा सदमुकाम ल्याइने भएको हो । यहाँका ९४१ मतदानस्थलमध्ये ९११ मतदान केन्द्रका मतपेटिका सदरमुकाम ल्याउँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए ।

डोल्पाको डोल्पो बुद्ध, शेफोक्सुण्डो, छार्का ताङसोङ हुम्लाको नाम्खा गाउँपालिकाबाट पहिलो लटमा मतपेटिका र मतदान अधिकृत र दोस्रो लटमा निर्वाचन कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकाम ल्याइने प्रवक्ता शाहले बताए । मुगुको मुगुम कार्मारोङ गाउँपालिकाबाट भने पैदल यात्राबाट मतपेटिका सदरमुकाम गमगढी ल्याइने उनको भनाइ छ । 

 


Facebook Comments