Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

प्रारम्भिक मतगणनामा देशभर दुईतिहाइभन्दा बढी क्षेत्रमा रास्वपाको अग्रता

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०७:१९
Image of https://mayorsap.com/storage/photos/shares/rabi-balen-1-1024x500-1.jpg

काठमाडों । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउन क्रम जारी छ। देशभरका निर्वाचन क्षेत्रमा सुरु भएको मतगणनामा प्रारम्भिक रुपमा दुईतिहाइभन्दा बढी ठाउँमा रास्वपाले अग्रता लिएको छ ।

विगतमा कांग्रेस एवं एमाले उम्मेदवारहरू निरन्तर निर्वाचित रहेको क्षेत्रमा चलिरहेको मतगणनामा रास्वपाको शुरुवाती अग्रता देखिएको हो । कतिपय ठाउँमा गए रातिदेखि मतगणना चलिरहेको छ भने केहीमा बिहान ७ बजेदेखि मतगणना शुरु हुने भएको हो ।

देशका विभिन्न स्थानमा मतपेटिका संकलन ढिला भएका कारण अधिकांश क्षेत्रमा मतगणना सुरु हुन सकेको छैन । तर काठमाडौँ उपत्यकाका काठमाडौँ र भक्तपुर जिल्लाका केही निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भई धमाधम प्रारम्भिक परिणाम सार्वजनिक हुन थालेका छन् ।


Facebook Comments