धनुषा ३ मा रास्वपाका उम्मेदवार मनिष झा अग्रस्थानमा

User Image मेयरसाप डेस्क | २०८२ फागुन २२ गते ०८:३६
Image of https://mayorsap.com/storage/photos/shares/danusa.jpg

धनुषा । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ । धनुषा क्षेत्र नं।३ को मतगणना जारी रहँदा अहिले सम्म रास्वपाका उम्मेदवार मनिष झा अग्रस्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४६०६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १७६८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ९४७ मत प्राप्त गरेका छन् ।


Facebook Comments