दार्चुला निर्वाचन अपडेट : कांग्रेसका उम्मेदवार धर्मानन्द जोशी ४०७ मतले अगाडि

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते ०९:२३
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.png

दार्चुला । दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम राखेका छन् । हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी छ ।

हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जोशीले सात हजार ४९ मत प्राप्त गरेका छन् । नेकपा 'एमाले'का उम्मेदवारका उम्मेदवार गणेशसिंह ठगुन्नाले छ हजार ६४२ मत प्राप्त गर्नुभएको छ । यससँगै कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको हो । सुरुदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई हजार ३५६ मत प्राप्त गरेको छ । अन्य दलतर्फ नेकपा 'तारा' ले ५६४ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी 'हलो'ले २२५ मत पाएको छ ।

स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन् । प्राप्त विवरणअनुसार गिलास चुनाव चिह्नका उम्मेदवारले १९ मत, हसिया आठ मत, गुलाब ४९ मत, मोबाइल १८ मत, मादल तीन मत र खुकुरी तीन मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार अहिले महाकाली नगरपालिका–१ को मतगणना जारी रहेको छ । बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ । मतगणना जारी रहेकाले अन्तिम परिणाम कसको पक्षमा जाने भन्ने विषयमा सर्वसाधारण र राजनीतिक दलहरूबीच चासो बढेको छ ।  


Facebook Comments