भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित विजयी

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते ०९:२६
Image of https://mayorsap.com/storage/photos/shares/ranjit.png

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा'का उम्मेदवार रुकेश रन्जित विजयी भएका छन्। उनले नेपाल मजदुर किसान पार्टी 'नेमकिपा'का प्रेम सुवाललाई ५ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै जीत हासिल गरेका हुन्।

निर्वाचन परिणामअनुसार रन्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा सुवालले २८ हजार १४७ मत पाए। त्यस्तै, नेपाली कांग्रेसका किरण न्यौपानेले ४ हजार २८२ मत प्राप्त गरेका छन् भने नेकपा 'एमाले'का सोमप्रसाद मिश्रले ३ हजार ७२१ मत प्राप्त गरेका छन्।

लामो समयदेखि नेमकिपाको बलियो प्रभाव रहेको भक्तपुर–१ मा यस पटक रास्वपाका रन्जित विजयी भएपछि स्थानीय राजनीतिक समीकरणमा परिवर्तन आएको विश्लेषण गरिएको छ।


Facebook Comments