सर्लाही ३ र ४ मा पनि उल्लेखनीय मतान्तरसहित रास्वपाका उम्मेदवार विजयी
मेयरसाप डेस्क
|
२०८२ फागुन २४ गते ०६:५५
सर्लाही । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का उम्मेदवार विजयी भएका छन् । दुवै क्षेत्रमा रास्वपाले उल्लेखनीय मतान्तरसहित जित हात पारेको हो ।
सर्लाही–३ मा रास्वपाका उम्मेदवार नरेन्द्र साह कलवार ४६ हजार ८९० मत प्राप्त गर्दै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका नारायणकाजी श्रेष्ठ ले १३ हजार ३३८ मत प्राप्त गरेका छन् । त्यसैगरी, नेपाली काँग्रेसका विनोद कुमार खनाल ले ६ हजार ६२४ मत र नेकपा एमालेका हरि प्रसाद उप्रेती ले ५ हजार ७७६ मत प्राप्त गरेका छन् ।
यस्तै, सर्लाही–४ मा पनि रास्वपाका उम्मेदवार डा। अमरेश कुमार सिंह ३५ हजार ६८८ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गगन थापाले २२ हजार ८३१ मत प्राप्त गरेका छन् । सिंहले थापालाई १२८५७ मतले हराएका छन् ।
नेकपा एमालेका अमनिश कुमार यादव ले ९ हजार ३४३ मत ल्याउँदा जनमत पार्टीका राकेश मिश्र ले १ हजार ५७२ मत प्राप्त गरेका छन्। साथै, सर्लाही ९ १ मा रास्वपाका नीतिमा भण्डारी कार्की र क्षेत्र नम्बर २ मा रबिन महतो विजयी भएका छन् । यस सँगै जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ ।
Facebook Comments