बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीलाई उछिन्दै एमालेका थापा अग्र पंक्तिमा

User Image मेयरसाप डेस्क | २०८२ फागुन २३ गते २१:२१
Image of https://mayorsap.com/storage/photos/shares/election-2082.png

बाजुरा । बाजुरामा नेकपा एमालेका लाल बहादुर थापा नेपाली कांग्रेसका जनकराज गिरीलाई उछिन्दै अघि बढेका छन्।मत गणना देखि अग्र स्थानमा रहेका कांग्रेसका गिरी गौमुल गाउँपालिकाको मत गणना पश्चात् पछि परेका हुन्।

गौमुल गाउँपालिका एमालेको पडक पालिकाको रुपमा चिनिन्छ।गौमुल गाउँपालिकाको मत गणना सम्पन्न पछि एमालेका लाल बहादुर थापाले १० हजार ४ सय २९ मत प्राप्त गरेका छन्। कांग्रेसका जनक गिरीले ९ हजार ५ सय १६ मत प्राप्त गरेका हुन्।

सुरुवाती अग्रता बनाएका कांग्रेसका गिरीले दोस्रो स्थानमा झरेका छन्। थापाले ९ सय  १३ मतले गिरीलाई पछि पारेका छन्। त्यस्तै रास्वपाका हेमराज थापाले ३ हजार ८ सय ७२ मतका साथ तेस्रो स्थानमा छन् । नेकपाका प्रकाश वहादुर शाहले १ हजार ८ सय २७ मत ल्याएका छन्। 

त्यस्तै केशर शाहीले हलोमा १८८ दिपक डिसी आँखाले  ८६  भुपेन्द्र विक गुलाबले १७६ र स्वतन्त्र  उपेन्द्र शाही भंगेरोले ६० मत प्राप्त गरेका छन्। बाजुराका ८७ हजार ८६१ मतदातामध्ये ४६  हजार २ सय ३२ मत खसको हो ।

एक निर्वाचन क्षेत्र रहेको जिल्लामा सात राजनीतिक दल र एक स्वतन्त्र गरी आठ उम्मेदवार रहेका छन् ।अब बडिमालिका,बुढिनन्दा र त्रिबेणि नगरपालिकाका मत गणना गर्न बाँकी रहेका छन्।अब त्रिवेणीको मतगणना सुरु भएको छ।


Facebook Comments