आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
मेयरसाप डेस्क
|
२०८२ फागुन २७ गते ०७:२५
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो लागेको छ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत पहाडी भूभागमा सामान्य बदली रहने तथा बाँकी स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो कायम रहनेछ।
यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा पनि चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ।
आज राति भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशसहित कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहने तथा बाँकी स्थानमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
यस क्रममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
Facebook Comments