निर्वाचन सुरक्षामा खटिएका निर्वाचन प्रहरीको आज बिदाइ गरिँदै
मेयरसाप डेस्क
|
२०८२ फागुन २८ गते ०९:१३
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षामा खटिएका १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरीको आज बिदाइ गर्ने भएको छ ।
आज निर्वाचन प्रहरीलाई धन्यवाद ज्ञापनसहित प्रमाणपत्र र देशलाई आवश्यक परेको समयमा सहयोग गर्ने वाचासहित सम्मान गरि बिदाइ गर्ने लागेको हो । उनीहरुलाई ४० कार्य दिनका लागि भर्ना गरिएको समय आज सकिँदै छ ।
यस वर्ष नेपाल प्रहरी मातहत रहने गरी १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरी मातहत खटिने गरी १५ हजार ११० सहित १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो । सशस्त्र प्रहरी मातहतका प्रहरीको पनि आजै बिदाइ कार्यक्रम राखिएको छ ।
Facebook Comments