बाजुरामा ढुंगा प्रहार गरी एक जनाको ह*त्या

User Image मेयरसाप डेस्क | २०८२ चैत २ गते ०८:२१
Image of https://mayorsap.com/storage/photos/shares/bajura_1.jpeg

बाजुरा । बाजुरामा ढुंगा प्रहार गरी एक जनाको हत्या भएको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका २ पुडेनी  बस्ने अन्दाजी ३५ वर्षका सर्वाश बुढाको ढुंगा प्रहार गरी हत्या भएको हो ।

४५ बर्षका धनबहादुर महतरा र उनका छोरा अन्दाजी १८ बर्षका हेमराज महतराले सर्वाशको टाउकोमा ढुंगा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न धन बहादुर महतरालाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ।  उनका छोरा हेमराज महतरा फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।


Facebook Comments