बाजुराबाट यस बर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुदैँ

User Image मेयरसाप डेस्क | २०८२ चैत २ गते ०८:२३
Image of https://mayorsap.com/storage/photos/shares/bajura-edu.jpeg

बाजुरा । बाजुराबाट यस बर्ष २ हजार ४ सय २६ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा दुई हजार ४२६ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराले जनाएको छ । 

परिक्षाका लागी नियमित तर्फका २ हजार १ सय २६  र ग्रेडवृद्वी तर्फका ३ सय गरेर कुल २ हजार ४२६ विद्यार्थी एसइईमा सहभागी हुने भएका हुन्।एसइई परीक्षाका लागि जिल्लामा १७ वटा परीक्षा केन्द्र तोकिएका छन्।

गत वर्षझैँ यस वर्ष पनि परीक्षालाई स्वच्छ र सभ्य रूपमा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षा विकास तथा समन्वय ईकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताएका छन् । बाजुरामा भानोदय मावि नौविसमा १६५ जना,जनप्रकाश मावि कोल्टीमा १९२,शम्भुशुनन्दा मावि जुकोटमा १४७,मालिका मावि मार्तडी 'क' परिक्षा केन्द्रमा ९६ जना सहभागी हुने छन्।

त्यस्तै मष्टेश्वरी मावि डोगडीमा १ सय २२,त्रिशक्ती मावि बाह्रविसमा २०९,किर्तिचौर मावि मानाकोटमा १३५,स्वामिकार्तिक मावि वाईमा २३८,पशुपति मावि ताप्रामा १ सय,रत्न मावि सेलिफालमा १ सय ६२,कैलाश मावि महतीमा ६०,तोलीदेवल डाँडा मावि तोलीमा १७९, दशरथ मावि आटीचौरमा १९८ जना परिक्षार्थी सहभागी हुनेछन्।

शैलेश्वरी मावि फैतीमा ४५,सत्यवादी मावि भौनेरामा १९०,भवानी मावि धुलाचौरमा ७३ र मालिका मावि 'ख' परीक्षा केन्द्रमा प्राविधिक धारतर्फका १०९ र २०७९ सालमा नियमित सहभागी भई २०८२ मा ग्रेडबृद्वीतर्फ पूराना प्रश्नपत्रको परीक्षामा सहभागी ६ जना गरेर जिल्ला भरबाट कुल २ हजार ४ सय २६ जना सहभागी हुने भएका छन्।

२०८१ सालको एसइई परीक्षामा दुई हजार २१६ जना सहभागी भएकामध्ये १ हजार १९९ जना उत्तीर्ण भएका थिए। त्यस्तै २०८० सालमा दुई हजार ८३४ जना विद्यार्थी एसइईमा सहभागी भएकामध्ये १ हजार पाँच जना मात्र उत्तीर्ण भएका थिए।यस वर्षको एसइई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुदैँछ।


Facebook Comments