टिचिङ अस्पतालको ‘रेड जोन २७’ नम्बर बेडमा केपी ओली

User Image मेयरसाप डेस्क | २०८२ चैत १३ गते १०:१२
Image of https://mayorsap.com/storage/photos/shares/oli-in-gundu.jpg

काठमाडौँ । ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा पक्राउ परेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा लगिएको छ । 

ओलीलाई  टिचिङ अस्पतालको ‘रेड जोन’को २७ नम्बर बेडमा राखिएको छ। रेड जोनमा विशेष र जटिल प्रकारका बिरामीलाई राख्ने गरिन्छ।

शनिबार बिहानै गुन्डुस्थित निवासबाटै गिरफ्तार गरिएका एमाले अध्यक्ष ओलीलाई मेडिकल चेकजाँचका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरबाट टिचिङ अस्पताल पुर्‍याइएको हो। 


Facebook Comments