कर्णालीका प्रदेश प्रमुख अस्वस्थ, मुख्यमन्त्रीले नै वाचन गरे नीति तथा कार्यक्रम

User Image मेयरसाप डेस्क | २०८३ जेठ १७ गते १७:१३
Image of https://mayorsap.com/storage/photos/shares/yamlal-kandel_2.jpg

सुर्खेत । नीति तथा कार्यक्रम वाचनकै क्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ बनेका छन् ।

बुधबार प्रदेश सरकारले सार्वजनिक गर्न लागेका आगामी आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम पढ्दै गर्दा प्रदेश प्रमुख जोशीले आफूले असहज महसुस भएको बताएका हुन्।

आफूले नीति तथा कार्यक्रमको पूर्ण पाठ पढ्न नसक्ने बताएपछि मुख्यमन्त्री यामलाल कँडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

असहज महसुस गरे पनि प्रदेश प्रमुख जोशीले संसदमै बसेर सरकारको नीति तथा कार्यक्रम सनेका छन् ।


Facebook Comments