संसद खुलाउन विपक्षी दलहरूले राखे मध्यमार्गी प्रस्ताव
मेयरसाप डेस्क
|
२०८३ जेठ २४ गते १४:०१
काठमाडौं । अवरुद्ध रहेको संसद खुलाउन विपक्षी दलहरूले मध्यमार्गी प्रस्ताव राखेका छन् । भारतको भूमि नेपालले अतिक्रमण गरेको भन्ने प्रधानमन्त्रीको विवादस्पद अभिव्यक्तिका कारण अवरुद्ध संसद खुलाउन विपक्षी दलहरुले मध्यमार्गी प्रस्ताव राखेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह संसदमा आएर स्पष्टीकरण नदिने अडानमा रहेपछि उनीहरूले राखेको मध्यमार्गी प्रस्तावमा पनि रास्वपा नेतृत्व सहमत बन्न सकेको छैन । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले नेपाल प्रेसलाई बताए अनुसार प्रधानमन्त्रीको लिखित सम्बोधनलाई कुनै मन्त्रीले संसदमा उभिएर सम्बोधन गर्ने प्रस्ताव राखिएको छ ।
तर, रास्वपाले भने परराष्ट्रमन्त्रीले प्रष्ट पार्ने भन्दै प्रधानमन्त्री आउने वा उनको लिखित सम्बोधन संसदमा मन्त्रीले पढ्ने सम्भावना खारेज गरेको छ । रास्वपा सभापति रवि लामिछानेले संसदको अवरोध खुलाउन विपक्षी दलहरूसँग संवाद गरिरहेका छन् । त्यहीकारण बिहान ११ बजे बोलाइएको संसद २ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने अभिव्यक्तिले एक सतादेखि संसद अवरुद्ध छ । विपक्षीहरूले नेपालले कहाँ कहाँ जग्गा मिचेको हो भन्ने विषयमा प्रधानमन्त्रीको स्पष्टीकरण खोजेका छन् । प्रधानमन्त्री शाह संसदमा आउन तयार छैनन् ।
Facebook Comments