युवाले सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यता अन्त्य गर्दैछौं : अर्थमन्त्री वाग्ले
मेयरसाप डेस्क
|
२०८३ जेठ २८ गते १६:५९
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्ने लक्ष्यसहित सरकारले बजेटमार्फत आधार तयार गरेको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने दिशामा सरकार अघि बढेको बताए ।
उनले बजेटमा युवा उद्यमशीलता प्रवद्र्धन, करमा सहुलियत, साना आम्दानी गर्ने युवालाई करको झन्झटबाट छुट, उद्योगी–व्यवसायीका लागि बक्यौता सहुलियत तथा सरकारी सेवा डिजिटल बनाउने कार्यक्रम समावेश गरिएको उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले बजेटको प्रभावकारी कार्यान्वयनले युवालाई स्वदेशमै रोजगारी, व्यवसाय र उद्यमका अवसर विस्तार गर्ने विश्वास व्यक्त गर्दै बजेटका व्यवस्थाको अधिकतम लाभ लिन आग्रह गरे ।
Facebook Comments