काठमाडौंमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल गर्ने महानगरको घोषणा
मेयरसाप डेस्क
|
२०८३ जेठ २८ गते १७:१८
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा अन्तर्राष्ट्रियस्तरको काठमाडौं फिल्म फेस्टिभल आयोजना गर्ने घोषणा गरेको छ ।
कार्यवाहक मेयर सुनिता डंगोलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विदेशी पाहुनालाई समेत सहभागी गराई फेस्टिभल सञ्चालन गरिने बताइन् ।
महानगरले काठमाडौंलाई खुला तथा जीवन्त संग्रहालय तथा रचनात्मक सहरका रूपमा विकास गर्ने लक्ष्यसहित ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको अध्ययन, डिजिटल अभिलेखीकरण, मर्मत, पुनर्निर्माण र संरक्षणका कार्यक्रम अघि बढाउने जनाएको छ ।
त्यस्तै, इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रालगायत ऐतिहासिक जात्रा मार्गमा सम्पदामैत्री भवनको अगाडिको संरचना (फसाड) निर्माण गर्न पनि प्रोत्साहन गरिने महानगरले जनाएको छ ।
Facebook Comments