नेप्से फेरि ओरालो : कारोबार ४ अर्ब ४१ करोड
मेयरसाप डेस्क
|
२०८३ जेठ २९ गते १७:१४
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १२.२६ अंकले घटेर २,७११.०८ विन्दुमा कायम भएको हो ।
सुरुवातमा बजार हरियो देखिए पनि केही समयमै ओरालो लागेर दिनभर रातो अंकमै कारोबार भयो ।
आज ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार हुँदा ७३ कम्पनीको सेयर मूल्य बढ्यो । १८८ कम्पनीको घट्यो भने १२ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन समूहबाहेक सबै उपसूचक ओरालो लागेका छन् ।
सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा ग्रिन डेभलपमेन्ट बैंक, रावा इनर्जी र सेन्ट्रल फाइनान्स सबैभन्दा धेरै घट्ने कम्पनीमा परे ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत्, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल, रिलायन्स स्पिनिङ मिल्स, सिटी होटल र सेन्ट्रल फाइनान्स अगाडि रहे ।
Facebook Comments