महाधिवेशन नसकिँदै छोरी बोकेर काठमाडौं फर्किए बालेन, विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरेपछि प्रशंसा

बालेनले केन्द्रीय सदस्यमा पनि दिएनन् उम्मेदवारी, यस्तो छ हतारमा काठमाडौं फर्किनु र केन्द्रीय सदस्यमा उम्मेदवारी नदिनुको मुख्य कारण

User Image मेयरसाप डेस्क | २०८३ असार ७ गते १३:०३
Image of https://mayorsap.com/storage/photos/shares/screenshot-2026-06-24-130150.png

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन नसकिँदै प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह चितवनबाट काठमाडौं फर्किएका छन्।

उनी आज बिहान भरतपुर विमानस्थलबाट परिवारका सदस्यहरू, श्रीमती, छोरी र राजनीतिक सल्लाहकार कुमार बेनलगायतसँग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका हुन्।

रास्वपा महाधिवेशन असार ७ देखि अहिले पनि जारी छ।

पहिलो चरणमा सभापति र ९९ केन्द्रीय सदस्यका लागि चुनाव प्रक्रिया अघि बढाइएको थियो। सभापति पदमा भने रवि लामिछाने निर्विरोध भइसकेका छन्।

करिब ९९ सिटका लागि झन्डै ४ सयभन्दा बढी उम्मेदवार मैदानमा छन् र आज विद्युतीय मेसिनमार्फत मतदान गर्ने तयारी भइरहेको छ। मतदानपछि मात्र दोस्रो चरणमा पदाधिकारी चयन प्रक्रिया अघि बढ्नेछ। 

यही बीचमा महाधिवेशन पूरा नहुँदै बालेन शाह काठमाडौं फर्किएपछि विभिन्न राजनीतिक अड्कलबाजी सुरु भएका छन्। तर महाधिवेशन लम्बिने भएपछि बालेन शाह फर्किएको बताइएको छ । उनलाई रास्वपाको वरिष्ठ नेताको भूमिकामा मनोनीत गर्ने तयारी पनि भइरहेको छ।

यसैबीच बालेनले रास्वपा केन्द्रीय समिति सदस्यमा किन उम्मेदवारी दिएनन् भन्ने चासो पनि छ । रास्वपा महाधिवेशनमा उम्मेदवारीसम्बन्धी गरिएको नयाँ व्यवस्थाअनुसार उम्मेदवारका प्रस्तावक र समर्थक स्वयं उम्मेदवार बन्न नपाउने व्यवस्था छ । सभापतिका लागि रवि लामिछानेले उम्मेदवारी दर्ता गराउँदा बालेन प्रस्तावक बसेका छन् । सोही कारण उनी केन्द्रीय समिति सदस्यको उम्मेदवार बन्न नपाउने भएपछि उम्मेदवारी नदिएका हुन् । 

बालेन काठमाडौं फर्किने बेला भरतपुर विमानस्थलमा उनले भीआईपी कक्ष प्रयोग नगरी सामान्य यात्रुजस्तै यात्रा गरेको विषयले पनि चर्चा पाएको छ । 

महाधिवेशन असार ७ देखि ९ गतेसम्म तय गरिएको भए पनि प्रतिनिधि टुंग्याउने प्रक्रिया ढिलो हुँदा कार्यक्रम केही दिन लम्बिने देखिएको छ।


Facebook Comments