प्रतिनिधिसभा बैठक सुरु हुनासाथ विपक्षीले उठेर गरे विरोध

User Image मेयरसाप डेस्क | २०८३ साउन २२ गते १३:३२
Image of https://mayorsap.com/storage/photos/shares/pratinidhi.png

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा फेरि विपक्षी दलहरूको विरोध सुरु भएको छ। शुक्रबार सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले विरोध जारी राखेका छन्। उनीहरूले गत जेठ १७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै लगातार संसद् अवरुद्ध गर्दै आएका छन्।

विपक्षीको माग भने प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे स्पष्टिकरण दिनुपर्ने र विवादित भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिनुपर्ने रहेको छ। तर अहिलेसम्म न प्रधानमन्त्री शाहले स्पष्टीकरण दिएका छन्, न त सभामुखले उक्त अभिव्यक्ति रेकर्डबाट हटाउने निर्देशन दिएका छन्।

 


Facebook Comments