प्रधानमन्त्री बालेन र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

User Image मेयरसाप डेस्क | २०८३ साउन २५ गते १२:२४
Image of https://mayorsap.com/storage/photos/shares/balen-shrebastab.png

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आज मध्याह्न शाह र श्रीवास्तवबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबार पुगेका थिए।

भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Facebook Comments