४१ वर्षिय रोनाल्डोले जर्जिनासँग कसे लगनगाँठो, पाँच सन्तानकै अघि विवाह

सार्वजनिक गरे यस्तो तस्बिर

User Image मेयरसाप डेस्क | २०८३ साउन २७ गते १३:२८
Image of https://mayorsap.com/storage/photos/shares/ronaldo1.png

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नी प्रमिकासँग विवाह गरेका छन् । रोनाल्डोले लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी समारोहबीच विवाह गरेका हुन् ।

जर्जिनालाई ठूलो समारोह मन नपर्ने भएकाले विवाह पनि निजी रूपमा गरिएको हो।  विवाहपछि दुवैले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्।

रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। रोनाल्डो रियल मड्रिडमा खेलिरहेका बेला जर्जिना मड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन्। पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको जर्जिनाले एक अन्तर्वार्तामा बताएकी थिइन्।
जर्जिनाले सन् २०२५ अगस्टमा रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन्। उनले सार्वजनिक गरेको ठूलो हिराको औँठीको मूल्य लाखौँ डलर पर्ने अनुमान गरिएको थियो।

करिब एक दशक लामो सम्बन्धपछि उनीहरू विवाहमा बाँधिएका हुन्। यस अवधिमा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। सन् २०२२ मा भने उनीहरूले नवजात छोरा गुमाएका थिए। विवाहमा उनीहरुका पाँचै सन्तान उपस्थित थिए । 

 


Facebook Comments