नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी प्रहरीको नियन्त्रणमा

User Image मेयरसाप डेस्क | २०८३ भदौ ०१ गते १२:३५
Image of https://mayorsap.com/storage/photos/shares/tribhuwan-international-airport1692101200.jpg

काठमाडौं । नेपाल वायु सेवा निगमका दुई जना कर्मचारीलाई प्रहरीले विदेशी मुद्रासहित नियन्त्रणमा लिएको छ। आइतबार काठमाडौंबाट मलेसियाको राजधानी क्वालालम्पुर जान लागेका दुई जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा  लिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी राजकुमार सिलवालले निगमका दुई जना कर्मचारीले ल्याउन पाउनेभन्दा धेरै विदेशी मुद्रा ल्याएको देखिएपछि पक्राउ परेको जानकारी दिए ।

उनले भने, ‘५ हजार डलरसम्म ल्याउन पाइने हो, लिमिटभन्दा बढी रकम देखिएकाले उहाँहरूलाई पक्राउ गरेका छौं। हामी थप विवरण बुझ्दैछौं। केहीबेरमा यसको विवरण दिन्छौं ।’ 

प्रहरीले ती दुवै कर्मचारीको परिचय खुलाएको छैन। उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

 


Facebook Comments