Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

जब कालीगण्डकी गाउँपालिका ज्येष्ठ नागरिकले गाउँमै सुरक्षा भत्ता पाए....

तम्घास कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएका हुन् ।

No Author Assigned | २०८१ साउन १० गते ०१:०३
Image of storage/news/1722149309.jpg

गाउँ टोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा यहाँका ज्येष्ठ नागरिकमा खुसी छाएको छ ।

 

तम्घास कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ज्येष्ठ नागरिकले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएका हुन् । कालीगण्डकी गाउँपालिका १ हर्मिचौरका ७५ वर्षीय पार्वती पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा बैंकमा जानुपर्ने समस्याबाट मुक्त भएको बताएकी छन। सोही वडाका १०८ वर्षीय तुल्सीराम भट्टराई, कौसिला पाण्डे र थानिश्वरा पाण्डेले गाउँमै सामाजिक सुरक्षा भत्ता पाउँदा स्थानीय सरकार साथमा रहेको अनुभूति प्राप्त भएको जनाएका छन।

 


वडाभित्र ज्येष्ठ नागरिक १८७, दलित ज्येष्ठ नागरिक २२, एकल महिला २४, बाल संरक्षण ३१, पूर्ण अपाङ्ग १९ र अति अशक्त अपाङ्ग २० जना रहेको सामाजिक परिचालक मोनिका बस्यालले जानकारी दिइन ।

 


Facebook Comments