चुमनुब्री गाउँपालिका – ३मा दुई महिनादेखि बन्द स्वास्थ्य इकाई सञ्चालनमा
चुमनुब्री गाउँपालिकाले साउन १८ गते शुक्रबारबाट पालिकाले पुनः स्वास्थ्य सञ्चालनमा ल्याएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिईन्।
No Author Assigned | २०८१ साउन १९ गते २३:४७
हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका – ३ जगतमा दुई महिनादेखि बन्द स्वास्थ्य इकाई सञ्चालनमा आएको छ ।
चुमनुब्री गाउँपालिकाले साउन १८ गते शुक्रबारबाट पालिकाले पुनः स्वास्थ्य सञ्चालनमा ल्याएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिईन्। स्वास्थ्य इकाई बन्द हुँदा सयौँ नागरिक स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने भएकाले पुनः सञ्चालनमा ल्याइएको हो ।
२०७९ सालमा स्टारलाइट नामक सामाजिक संस्थाले जगतमा स्वास्थ्य इकाई सञ्चालन ल्याएर चुमनुब्री र धार्चेको केही वडालाई सेवा दिँदै आएको थियो ।जगतबाट स्वास्थ्य संस्था बन्द गरेपछि त्यहाँका स्थानीय नागरिकहरू सामान्य सिटामोल किन्न पनि तीन घण्टाको बाटो धाएर फिलिम पुग्ने पर्ने बाध्यता अन्त्य भएको धार्चे गाउँपालिकाले जनाएको छ ।
Facebook Comments