Ad Image

बाढीले गोरखा नगरपालिका–३ र ५ का दुई सय रोपनी खेतमा नोक्सानी

No Author Assigned | १० महिना अगाडि
Image of storage/news/1722745700.jpg

गोरखाको बेनी खोलामा आएको बाढीले दुई सय रोपनी धान खेत बगरमा परिणत गरिदिएको छ ।

 

गोरखा नगरपालिका–३ र ५ का स्थानीय किसानले लगाएको धान खेत लगातार परेको वर्षाका कारण बाढी आएर रोपोसहित बगाउँदा बगरमा परिणत भएको हो ।  

 

स्थानीय किसान खिलबहादुर कुमालका अनुसारबेनी खोलामा आएको बाढीले १९ वटा कुलो र दुई सय रोपनी खेत बगाएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगरले क्षतिको लगत सङ्कलन गरिएकाले प्राविधिक मूल्याङ्कन गरी प्राविधिक प्रतिवेदन र स्थलगत अनुगमन गरेर पीडित किसानलाई नगरपालिकाबाट सक्दो सहयोग गरिने जानकारी दिए ।