मेयरसाप

केपी ओली

राजनीति

भरतपुर महानगरपालिका

सम्पादकीय

स्वास्थ्य

हेटौंडा उपमहानगरपालिका

विनयी त्रिवेणी गाउँपालिका

‘घर घरमा डाक्टर’

इस्मा गाउँपालिका

घोडाघोडी नगरपालिका

तीनपाटन गाउँपालिका

बेनी नगरपालिका –२ ज्यामरुककोटमा ट्याङ्की बन्यो तर आएन पानी

हिउँदका ६ महिना पिउने पानीको समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको योजना माग गरेको तर सम्बन्धित निकायबाट आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको वडाध्यक्ष कार्कीले बताए ।

Mayorsap

आइत, साउन २०, २०८१ | ००:१४ बजे

खानेपानीको समस्या भोग्दै आएका बेनी नगरपालिका –२ ज्यामरुककोटका स्थानीयहरु गाउँमा पानी संकलन गर्ने ठूलो ट्याङ्की निर्माण भएपछि पिउने पानीको समस्याबाट मुक्त हुने आशामा थिए । तर आशा निराशामा परिणत भएको छ ।

 

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले आर्थिक वर्ष २०७९–८० मा ज्यामरुककोटका दुईसय ५० घरधुरीमा ‘एक घर एक धारा’ योजनाअनुसार ज्यामरुककोट–ठूलो खोला राताभिर लिफ्ट खानेपानी योजना संचालन गरेको थियो । ठूलो खोलाबाट लिफ्टिङ प्रविधिबाट गाउँको शिरमा रहेको ज्यामरुककोटको डाँडामा निर्माण गरिने ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना थियो ।  

 

योजनामा पहिलो वर्ष एउटा मात्र पानी संकलन गर्ने ट्याङ्की  निर्माण भएको वडाध्यक्ष यामबहादुर कार्कीले बताए । वडाको भकुण्डे, फापरखेत र अर्जमको ठुलो वस्तीलाई खानेपानी सुविधा विस्तारका लागि योजना सञ्चालन भए पनि रकम अभावमा कार्यन्वयनमा समस्या भएको उनको भनाइ छ ।योजनाको कुल लागत १० करोड ९४ लाख ८० हजार  रुपियाँ रहेकोमा पहिलो वर्ष ४५ लाख रुपियाँ खर्च गरेर उपभोक्ता समितिमार्फत दुईसय घनमिटर पानी संकलन ट्याङ्की निर्माण गरिएको थियो।

 

योजना सञ्चालन भएको एक वर्षपछि आर्थिक वर्ष २०८०–८१ मा संघीय खानेपानीबाट योजना कार्यान्वयनका लागि गण्डकी प्रदेश सरकार मातहतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीमा हस्तान्तरण भएको छ ।  गत आर्थिक वर्षमा उक्त कार्यालयले योजना कार्यन्वयन गर्न सकेन । योजना कुल लागत ठुलो भएको र प्रयाप्त मात्रामा बजेट विनियोजन नभएकाले योजना कार्यान्वयनमा समस्या भएको कार्यालयको भनाइ छ । 

 

 हिउँदका ६ महिना पिउने पानीको समस्यालाई समाधान गर्न लिफ्टिङ प्रविधिको योजना माग गरेको तर सम्बन्धित निकायबाट आवश्यक मात्रामा बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको वडाध्यक्ष कार्कीले बताए ।

 

 

​​मेयरसापमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए writeto.mayorsap@gmail.com मा पठाउनु होला।

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२ 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2025 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology