मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

इस्मा गाउँपालिका ६ मा कुमाल समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्न सीप प्रदान

गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो ।

Mayorsap

आइत, साउन २०, २०८१ | ०७:५० बजे

कुमाल समुदायको आयआर्जनमा वृद्धि गर्नुका साथै माटाका भाडाहरुको संरक्षण गर्नका लागि सीप प्रदान गरिएको छ ।

 

गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो । कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको छ।  तालिमबाट बुद्धको मुर्ती, कप,खुत्रुके, गमला, हाँडी जस्ता १५ प्रकारका माटाका भाडा बनाउन सिक्नुका साथै आफ्नै उद्योग खोलेर काम गर्ने सक्ने भएको तालिममा सहभागी उज्याला कुमालले बताएका छन ।

 

सहभागीले सिकेको सीपलाई प्रविधिसंग जोड्न कार्यालले सात वटा जातो, एउटा माटो पेल्ने मेसिन र पेन्टिङ टेवलसमेत प्रदान गरेको छ । पुस्ता हस्तान्तरणको लागि पुराना र नयाँ पुस्तालाई समेटेर तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए ।

 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology