Election Commission of Nepal प्रतिनिधि सभा निर्वाचन, २०८२: २५ दिन | १० घण्टा | ४७ मिनेट | ०० सेकेन्ड

इस्मा गाउँपालिका ६ मा कुमाल समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्न सीप प्रदान

गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो ।

No Author Assigned | २०८१ साउन १७ गते ०२:०५
Image of storage/news/1722757835.jpg

कुमाल समुदायको आयआर्जनमा वृद्धि गर्नुका साथै माटाका भाडाहरुको संरक्षण गर्नका लागि सीप प्रदान गरिएको छ ।

 

गुल्मीको इस्मा गाउँपालिका ६ अमरपुरमा रहेका कुमाल समुदायको पुर्ख्यौली पेसाको रुपमा रहेको माटाका भाडा बनाउने चलन हराउँदै जान थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सीप प्रदान गरेको हो । कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको छ।  तालिमबाट बुद्धको मुर्ती, कप,खुत्रुके, गमला, हाँडी जस्ता १५ प्रकारका माटाका भाडा बनाउन सिक्नुका साथै आफ्नै उद्योग खोलेर काम गर्ने सक्ने भएको तालिममा सहभागी उज्याला कुमालले बताएका छन ।

 

सहभागीले सिकेको सीपलाई प्रविधिसंग जोड्न कार्यालले सात वटा जातो, एउटा माटो पेल्ने मेसिन र पेन्टिङ टेवलसमेत प्रदान गरेको छ । पुस्ता हस्तान्तरणको लागि पुराना र नयाँ पुस्तालाई समेटेर तालिम प्रदान गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए ।

 

 


Facebook Comments