Ad Image

काठमाडौं महानगरले पुनर्निर्माण गर्‍यो १८औं शताब्दीको दाफा भजन फल्चा

User Image Mayorsap | ९ महिना अगाडि
Image of storage/news/1722764845.jpg

काठमाडौं महानगरपालिकाले १८औं शताब्दीको दाफा फल्चा भजन पुनर्निर्माण गरेको छ ।

 

काठमाडौं महानगरको वडा नम्बर ८ स्थित पशुपतिनाथ देवपत्तन भकुंत्वमा रहेको दाफा भजन फल्चा करिब २१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण गरेको हो ।

 

शनिबार सम्पदा तथा पर्यटन समितिका संयोजक एवम् वडा ८ का अध्यक्ष आशामान संगतले पुनर्निर्मित फल्चाको उद्घाटन गरेका हुन् ।

 

फल्चामा राखिएको शिलालेखमा यो फल्चा १८ औं शताव्दीमा सिद्धिनरसिंह डंगोलले निर्माण गराएको उल्लेख छ । फल्चाले दाफा भजनको संस्कृतिलाई निरन्तरता दिन सहज हुने भएको छ ।