मेयरसाप

बजेट

विद्यालय

आन्दोलन

राजनीतिक दल

गुल्मीका पालिकामा खरका छाना विस्थापित, लगाइयो जस्तापाता

नागरिकलाई आगलागी र मनसुनजन्य विपत्बाट बचाई सुरक्षित आवास निर्माणका लागि गुल्मीका १२ वटै स्थानीय तहमा नौ हजार ८५९ घरमा खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको तथ्याङ्कमा उल्लेख छ ।

Mayorsap

मंगल, साउन १५, २०८१ | ०४:२८ बजे

गुल्मीका दुई नगरपालिका र १० गाउँपालिकामा खरका छाना विस्थापित कार्यक्रमबाट नौ हजार ८५९ घरमा जस्तापाता लगाइएको छ ।

 

नागरिकलाई आगलागी र मनसुनजन्य विपत्बाट बचाई  सुरक्षित आवास निर्माणका लागि गुल्मीका १२ वटै स्थानीय तहमा नौ हजार ८५९ घरमा खरका छाना विस्थापित गरी जस्तापाता लगाइएको तथ्याङ्कमा उल्लेख छ ।

मुसीकोट नगरपालिका गुल्मीमा एक हजार दुई सय खरका छाना भएका घरमध्ये एक हजार ५८ घरमा जस्तापाता लगाएको छ । बाँकी १४२ घरमा पनि जस्तापाता लगाउने कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब पाँच करोड खर्च भएको  सूचना प्रविधि अधिकृत समुन्द्र विक्रम रायमाझीले बताए । यस्तै रेसुङ्गा नगरपालिका गुल्मीमा कुल सात सय घरधुरी खरका छाना रहेकोमा सबै घरधुरीमा जस्तापाता लगाइसकिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिए।


रुरुक्षेत्र गाउँपालिकामा आठ सय घर खरका छाना भएकोमा सात सय घरमा जस्तापाता लगाइसकेको र बाँकी एक सय घरमा जस्तापाता लगाउने कार्य बाँकी रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेको भनाई छ ।  चन्द्रकोट गाउँपालिकामा कुल एक हजार तीन घर खरका छाना भएकोमा ९०२ घरमा जस्तापाता लगाइएको र बाँकी १०१ घरमा जस्तापाता लगाउने अभियान जारी रहेको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जनाए ।

यसैगरी, इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का अनुसार ६०५ खरका छाना भएका घरमा जस्तापाता लगाइएको छ । मालिका गाउँपालिकामा एक हजार ४८६ घर खरका छानामा जस्तापाता लगाइएको छ । गुल्मीदरबार गाउँपालिकामा ६४० घर खरका छाना भएकोमा ५८० घरमा जस्तापाता लगाएको र बाँकी ६० घरमा जस्तापाता लगाउने काम चालु आर्थिक वर्षमा सम्पन्न हुने सूचना अधिकारी नवराज भण्डारीको भनाई छ । कालीगण्डकी गाउँपालिकामा कुल दुई हजार दुई सय घरधुरी खरका छाना भएकोमा एक हजार खरका छाना विस्थापित गरिसकेको पालिका अध्यक्ष वेदबहादुर थापाले बताए ।


त्यस्तै, सत्यवती गाउँपालिकामा ८६६ घर खरका छाना भएकोमा ७१७ घरधुरीमा जस्तापाता  लगाइएको छ । बाँकी १४९ घरमा जस्तापाता लगाउँन बाँकी रहेको र यस आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको पासलका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए । छत्रकोट गाउँपालिकामा १६० घर खरका छाना भएकोमा १३० मा जस्तापाता लगाइसकिएको छ । बाँकी ३० घरधुरीमा जस्तापाता लगाउन बाँकी रहेको छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

प्रेस काउन्सिल नेपाल सूचीकरण न.:-४६९९-२०८१/०८२  

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology