धनगढी उपमहानगरमा ‘बुक फ्री फाइडे’ कार्यक्रम लागु
No Author Assigned | ११ महिना अगाडि
धनगढी उपमहानगरपालिकाले ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको ठेकराज माध्यमिक विद्यालमा “किताब बिहिन शुक्रवार” अथार्त ‘बुक फ्री फ्राइडे’ कार्यक्रम लागु भएको छ। यही शैक्षिक सत्रबाट सञ्चालनमा आएको यस कार्यक्रममा मोबाइल मर्मत र इलेक्ट्रोनिक सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीका लागि “किताब बिहिन शुक्रवार” कार्यक्रम लागु भएको हो। विद्यालयका कक्षा ७ देखि १२ सम्मका इच्छुक विद्यार्थीलाई हरेक शुक्रवार मोबाइल, कम्प्युटर मर्मत र इलेक्ट्रोनिक तालिम दिन थालिएको हो।
उपमहानगरपालिकाले काठमाडौंको गुरु इन्स्टिच्युट अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीसँग सहकार्य गरेर हरेक शुक्रवार अतिरिक्त सिप सिकाउन थालेको हो। गुरु ईन्स्टिच्युटले उपमहानगरसँग सहकार्य गरेर ठेकराज माध्यमिक विद्यालयमा यो वर्ष भरी इच्छुक विद्यार्थीहरूलाई हरेक शुक्रवार विद्यालयमै गएर सिप सिकाउने छ ।
तालिम सफल र प्रभावकारी देखिए अर्को वर्षदेखि धनगढीका अन्य सामुदायिक विद्यालयमा समेत कार्यक्रम लागु हुने भएको छ। यो वर्ष ठेकराज माध्यमिक विद्यालयका कक्षा ७ देखि १२ सम्मका ३० जना विद्यार्थीलाई तालिम दिन थालिएको शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख घुम्मनसिंह बडायकले बताए। उनले हरेक शुक्रवार ४ घण्टाका दरले एक वर्षसम्म विद्यार्थीहरूलाई तालिम दिइने बताए।