मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

काठमाडौं महानगरको छात्रवृत्ति नतिजा र निःशुल्क भर्ना सम्बन्धी गुनासो सुन्ने अधिकारीको नाम र सम्पर्क नंं सार्वजनिक (नम्बरसहित)

शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार छात्रवृत्तिको मनोनयम सूची (म्याचिङ् लिष्ट) बाट शिफारिस भएका विद्यार्थीहरुसँग विद्यालयहरुले भर्ना शुल्क माग गरेको गुनासो आउन थालेपछि सहजीकरणका लागि अधिकारीहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको हो ।

Mayorsap

सोम, साउन १४, २०८१ | १४:११ बजे

कक्षा ११ र १२ का लागि लिइएको छात्रवृत्ति परीक्षाको नतिजा र निःशुल्क भर्ना सम्बन्धी समस्या भए सहजीकरण गर्नका लागि काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले विद्यालय निरीक्षक र स्रोत शिक्षकलाई वडागत सहजीकरणको जिम्मेवारी दिएको छ ।

 

शिक्षा अधिकृत नेत्रनारायण पौडेलका अनुसार छात्रवृत्तिको मनोनयम सूची (म्याचिङ् लिष्ट) बाट शिफारिस भएका विद्यार्थीहरुसँग विद्यालयहरुले भर्ना शुल्क माग गरेको गुनासो आउन थालेपछि सहजीकरणका लागि अधिकारीहरुको नाम र मोवाइल नम्बर सार्वजनिक गरिएको हो ।

 

म्याचिङ् लिष्टमा शिफारिस भएको विद्यालय रहेको वडा नम्बरअनुसार सम्बन्धित अधिकारीलाई सम्पर्क गर्न सकिनेछ। महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिएको छात्रवृत्ति परीक्षाबाट मनोनयन सूची (म्याचिङ्) लिष्टमा परेका २ हजार ८५९ जना विद्यार्थीका नाम शनिवार (साउन १२ गते) प्रकाशन गरेको छ । यसको विवरण इमेलबाट विद्यालयहरुलाई पठाइएको छ । यस्तै विद्यार्थीहरुलाई एसएमएस पठाइएको छ ।

पहिलो सूचीमा नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ गतेभित्र भर्ना भइसक्नु पर्नेछ ।

 



 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology