मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

बालेन शाह

पोखरा महानगरपालिका

विद्यालय

उपनिर्वाचन

उपप्रमुख डंगोलसँग चीनको सिपिपिसिसीका प्रादेशिक उपाध्यक्षको शिष्टाचार भेट : शैक्षिक र व्यापारिक सहकार्य छलफल

कुराकानीका क्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानु पर्ने बताएकी छन ।

Mayorsap

सोम, साउन १४, २०८१ | ११:३५ बजे

काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसँग आज चीनको पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सिपिपिसिसी) हुवेइका उपाध्यक्ष याङ् युहुन नेतृत्वको प्रतिनिधि मण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा आपसी सहकार्य सम्भावनाका क्षेत्रका विषयमा कुराकानी भएको थियो ।

 

कुराकानीका क्रममा उपप्रमुख डंगोलले आपसी सहकार्यका क्षेत्र धेरै देखिएको बताउँदै कुनै एक क्षेत्रबाट सहकार्य थालनी गरेर दिगो बनाउँदै लैजानु पर्ने बताएकी छन । सिपिपिसिसीका उपाध्यक्ष युहुनले, भगिनी सम्बन्ध स्थापना, शैक्षिक सुधार, व्यापारिक तथा वाणिज्य सम्बन्ध आपसी कार्यक्रम हुने बताएपछि उपप्रमुख डंगोलले यस्तो धारणा राखेकी हुन ।

 

‘५० वर्गकिलोमिटर क्षेत्रभित्र विश्व सम्पदा क्षेत्रमा सूचीकृत ४ वटा स्थल हुनु, यी हरेक स्थलहरु पैदल दुरीमा हुनु काठमाडौँको सांस्कृतिक पहिचान हो ।’ उपप्रमुखले भनिन, ‘सामुदायिक शिक्षामा हामीले संघ सरकारको भन्दा धेरै लगानी गरेका छौँ । स्थानीय उत्पादन प्रवर्धन गर्न पेय पदार्थ ‘ऐला ब्राण्डिङ्’ गर्दैछौँ । महिला क्षमता विकासका लागि ‘एक वडा एक उद्यम कार्यक्रम’ चलाएका छौँ । हस्तकलाका सामान उत्पादनलाई प्रोत्साहित गरेका छौँ । यी क्षेत्रको विकास, प्रवर्धन र व्यवस्थापनमा आपसी ज्ञान, सिप र क्षमताका लागि सहकार्य गर्न हामी सकारात्मक छौँ ।’

 

त्यस क्रममा उपाध्यक्ष युहुनले काठमाडौँ महानगरपालिकासँग चीनको मध्य क्षेत्रबाट हुवेइ नगरको भगिनी सम्बन्ध स्थापना गर्न इच्छुक रहेको बताइन । विद्यार्थी र शिक्षक आदानप्रदान गरेर आपसी शैक्षिक सुधारमा क्षमता र सिकाइ विकास गर्ने, व्यापारिक तथा वाणिज्य मेलामा आपसी सहभागिता जनाउने विषयमा छलफल भएको थियो ।

 

काठमाडौं महानगरपालिकाका सम्पूर्ण समाचार पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्
 

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology