मेयरसाप

स्थानीय तह

काठमाडौं महानगरपालिका

वडाध्यक्ष

बालेन शाह

पोखरा महानगरपालिका

हेटौंडा उपमहानगरपालिका

मेलौली नगरपालिकामा एक जर्किन पानी भर्न चार दिन कुर्नु पर्ने

बर्खाको बेलामा समेत पानीको मुहान सुक्दा मेलौली नगरपालिका काँडा बजारका प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।

Mayorsap

बिही, साउन ३, २०८१ | १०:४० बजे

बैतडीको मेलौली नगरपालिकाको काँडा बजारका बासिन्दाहरु साउनको दिनमा समेत एक जर्किन पानी भर्नका लागि चार दिनसम्म पालो कुर्न बाध्य भएका छन ।

 

बर्खाको बेलामा समेत पानीको मुहान सुक्दा मेलौली नगरपालिका काँडा बजारका प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसलगायत काकाकुल बनेका छन् ।

 

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकासम्मका बिरामीको उपचार सेवा प्रदान गर्दै आएको  प्राथमिक स्वास्थ्य केन्द्रमा पानी नहुँदा प्रसूति सेवा दिन गाह्रो भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सन्जिन केसीले जानकारी दिए । प्रधानाध्यापक भीमसिंह धामीका अनुसार एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मणिलेक नमुना माविमा पानीको समस्याले शौचालय बन्द गर्नुपर्ने अवस्था आएकोे छ ।

 

तपाईंको प्रतिक्रिया

सम्बन्धित खबर

ट्रेन्डिङ

ताजा अपडेट

सूचना, सचेतना, सहकार्य !

 

थप जानकारी

सूचना विभाग दर्ता न.: 4705-2081/2082

अध्यक्ष : Pradip Khadka

डेस्क इडिटर: 

समाचार

महत्वपूर्ण लिंक

सम्पर्क

© 2024 mayorsap.com | सर्वाधिकार सुरक्षित

Developed with ❤️ by Clock b Business Technology